२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सैनिक आचारसंहिता सुरु


221
Shares

काठमाडौं । नेपाली सेनाले बुधबारबाट दुई दिने ‘सैनिक आचारसंहित कार्यक्रम, २०७९’ सुरु गरेको छ ।

सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सु-सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

बलाधिकृत रथी बालकृष्ण कार्कीले जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधबार कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दैै बलाधिकृत रथी कार्कीले सैनिक आचारसंहिता कार्यक्रमले नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।