१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ : धनराज गुरुङ


143
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताउनुभएको छ ।

बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै उपसभापति गुरुङले पार्टीलाई तालमेलले भन्दापनि एजेण्डाले जिताउनतिर लाग्नुपर्ने बताउनुभएको हो । उहाँले जनताको मन छुनेगरी घोषणापत्र बनाउन सकेमा नेपाली कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउन सकिने बताउनुभयो ।

उहाँले पार्टीभित्र कसैले कसैलाई निषेध गर्नुनहुने पनि बताउनुभयो । पार्टीभित्रका वादविवादलाई सम्वादबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाली कांग्रेसको वैचारिक धरातललाई छोडेर प्राविधिक रुपमा मात्रै अगाडी बढेमा दुर्घटना निम्तिन सक्ने बताउनुभयो ।