१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


लकडाउन र सीमा बन्द चैत २५ सम्म जारी रहने


0
Shares

काठमाडौं, चैत १७ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न लकडाउन र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।

आइतबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले राहत प्याकेजको पनि निर्णय गरेको छ ।

सरकारले यही चैत ११ देखि १८ गतेसम्म लकडाउनको निर्णय गरेकामा अब नयाँ निर्णयअनुसार यो २५ गतेसम्म कायम रहने छ ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन अवधि सात दिन थप्नुपर्ने ठहर गरेको थियो ।

आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू भएको लकडाउन २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको थियो ।