७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सूचना प्रविधि नीतिलाई समय अनुकुल गर्ने नीति ल्याएको सञ्चार मन्त्रीको दाबी


26
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले सूचना प्रविधिका नीति तथा कानूनलाई समय अनुकुल गुणात्मक विकास गर्ने नीति लिएको दाबी गर्नुभएको छ ।

बुधबार सूचना प्रविधि मेला क्यान इन्फोटेकको उद्घाटन गर्दै मन्त्री कार्कीले इन्टरनेटमा करको पुनरावलोकन साथै नीजि क्षेत्रले उठाएका मागको सम्बोधन गरिने पनि बताउनुभएको हो । उहाँले वर्तमान सरकारले सूचना प्रविधिको पूर्वाधार विकास, सेवाको गुणस्तर वृद्धि, सुलभ सेवाको उपलब्धता एवम डिजिटल साक्षरतालाई प्राथमिकतामा राखेको पनि बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तह र प्रदेश सरकारले ठूलो रकम अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै यस्तो रकम बालबालिकाको शिक्षामा लगाउन सुझाब दिनुभयो ।

अध्यक्ष गोल्छाले व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम दुर्गम ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विस्तारको क्षेत्रमा लगाउनु पर्ने बताउनुभयो । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुचना प्रविधिको विस्तार अनुरुप सेवा भने गुणस्तरीय हुन नसकेको बताउनुभयो ।

उहाँले सरकारी कार्यालयहरुमा प्रविधि प्रयोग थालिएपनि गुणस्तरीय नहुँदा उपभोक्ताले समस्या भोग्नु परेको बताउनुभयो ।