१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सरकारले दैनिक ज्यालादारी मजदुरलाई राहत दिने, व्यक्ति पहिचान गर्ने जिम्मा स्थानीय तहको


0
Shares

काठमाडौं, चैत्र १७ । सरकारले दैनिक ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले त्यस्ता व्यक्तिको पहिचान गर्ने जिम्मेवारी भने स्थानीय तहलाई दिएको छ । पहिचान गरिएका उनीहरुलाई राहत उपलब्ध गराइने निर्णय सरकारले गरेको हो ।

यसका लागि दैनिक ज्यालादारी मजदुरहरूले आफ्नो परिचय सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने छ । स्थानीय तहले त्यस्ता परिवारको लगत लिएर कोष खडा गर्ने र उक्त कोषबाट राहत वितरण गर्ने भनिएको छ ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले खडा गरिएको कोषमा रकम अपुग भए सरकारले आफ्नो कोषबाट रकम उपलब्ध गराइदिने जानकारी दिए ।

स्थानीय तहले राहत दिँदा दैनिक खाद्य आवश्यकता पुग्ने गरी राहत उपलब्ध गराउनुपर्ने पनि जनाइएको छ । त्यस्तै, गर्भवती महिला, अपंगता भएका, दीर्घरोगी र टुहुरा बालबालिकाको विशेष हेरचाह गर्ने पनि बैठकले निर्णय गरेको छ ।