
काठमाडौं । कपिलवस्तुमा नेपाली सेनाको शमशेर दल गणभित्र गोली चलेको छ ।
बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी हुन्। बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गणभित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते भएको स्रोतको बताएकाे छ ।
स्रोतका अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले घटनाकाे विषयमा केही जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
राजवंशी आफैंले गोली चलाएको दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्