
काठमाडौ । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (बिहिबार) बस्ने भएकाे छ ।
बिहिबार बस्ने बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारकाे विषयमा छलफल हुने जनाइएकाे छ । बिहिबारको बैठकमा विशेषगरि उम्मेदवारको मापदण्डमा केन्द्रित हुने बुझिएको छ। सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हाे ।
बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुनेछ । एमालेको चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।
नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते भोलि (शुक्रबार) एकैपटक केन्द्रबाट र स्थानीय पालिकाबाट प्रतिबद्धतापत्र समेत सार्वजनिक गर्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्