
एजेन्सी । उत्तरी अफगानिस्तानको एक शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
अबू अली सिना–ए–बल्खी जिल्ला अस्पतालका प्रमुख गुसुद्दी अनवारीका अनुसार मजार–ए–शरीफ क्षेत्रमा विस्फोट भएको हो ।
तालिबानका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले रोयटर्सलाई जनाएअनुसार कम्तीमा २० जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस्