
काठमाडौं । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ ।
आयोगले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
‘बैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्