२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आईपीएलमा मुम्बईमाथि चेन्नईको रोमाञ्चक जित


143
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बईमाथि चेन्नेईले रोमाञ्चक जित दर्ता गरेको छ ।

बिहिबार राति चेन्नेईले मुम्बईमाथि तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नेईले अन्तिम बलमा चौका प्रहार गर्दै पूरा गरेको थियो । महेन्द्र सिंह धोनीले १३ बलमा २८ रनको विस्फोटक ब्याटिङ गर्दै चेन्नेईलाई जित दिलाएका थिए । उनले तीन चौका र एक छक्काको मद्धतले नटआउट रहदै चेन्नेईलाई जित दिलाएका हुन् ।

अन्तिम बलमा धोनीले प्रहार गरेको चौकाले जित निकालेको हो । यसअघि सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय ५५ रन बनाएको थियो । यस सिजन मुम्बईको खराब नतिजा जारीनै छ । मुम्बई सुरुवाती ७ चरणका खेल सकिंदा जित बिहीन भएकाे छ । मुम्बई शून्य अंक सहित तालिकाको पुछारमा छ ।

चेन्नेई भने दोस्रो जित सहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा रहेकाे छ ।