१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो, इटली र स्पेनको अवस्था उस्तै


0
Shares

काठमाडौं, चैत १७ । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३४ हजार १८ पुगेको छ  ।

७ लाख २४ हजार ५ सय ६६ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ५२ हजार ७६ जना उपचारपछि निको भएका छन् । कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । तर इटलीमा मृत्युको बढ्दो सख्या अघिल्ला दुई दिनभन्दा कम छ ।

कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा एकैदिन थप ८ सय २१ जनाका मृत्यु भएको छ । त्यहां कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ३ पुगेको छ ।

उता, इरानमा २ हजार ६ सय ४० जनाको मृत्यु भएको छ । फ्रान्समा २ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । त्यहाँ थप २ सय ५१ जनाको मृत्यु भएको छ ।

यो संगै अमेरिकाका कोरोना संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ११ र मृत्यु हुनेको संख्या २४ सय ७१ पुगेको छ ।

बेलायतमा १२ सय २८ जनाको मृत्यु भएको छ । जर्मनीमा ५ सय ४१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३ सय जनाको मृत्यु भएको छ ।

नेदरल्याण्डका ७ सय ७१ जनाको मृत्यु भएको छ भने बेल्जियममा ४ सय ३१ जनाको मृत्यु भएको छ । पोर्चुगलमा १ सय १९ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ सय ३६ जनाको मृत्यु भइसकेको छ । इन्डोनेशियामा १ सय १४ जनाको मृत्यु भएको छ । (एजेन्सी)