१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


ललितपुर महानगरले दियो पाटन अस्पताललाई स्वास्थ्य सामाग्री


0
Shares

ललितपुर, चैत, १७ । ललितपुर महानगरपालिकाले नियमित सेवासँगसँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराइरहेको पाटन अस्पताललाई बिरामीको उपचार गर्दा प्रयोग हुने सामग्री प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकालाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट प्राप्त भएका सामानमध्ये केही पाटन अस्पताललाई प्रदान गरिएको हो ।

पाटन अस्पताललाई ‘पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट्स’ (पिपिइ) दश थान , फ्लायर दश हजार थान , मास्क एक हजार थान, पन्जा पाँचसय जोडी , स्यानिटाइजर मंगलबार अस्पताल पुगेर दिएको महानगरपालिकाले जनाएको छ ।

सामान हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विषम परिस्थितिमा नियमित सेवासँगसँगै कोरोना संक्रमित बिरामीका लागि समेत  जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराएकोमा अस्पताल परिवारलाई  धन्यवाद दिए ।

यस अस्पतालमा आबद्ध चिकित्सक, नर्स, चिकित्साकर्मी र बिरामीको सेवामा अहोरात्र खटिनु भएकासम्पूर्ण व्यक्तिहरुको योगदानको उनले प्रसंशा गरे 

मुलुकलाई अप्ठ्यारो परेको बेला संयमतापूर्वक पुरा गरेको जिम्मेवारी र पेशाप्रतिको प्रतिबद्धता अतुलनीय भएको बताए । प्रमुख महर्जनले ललितपुर महानगरपालिका स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन पाटन अस्पतालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पाटन स्वास्थ्य प्रतिष्ठानका उपकूलपति प्रा.डा. भरत यादवले बिरामीको उपचार गर्दा चिकित्सकलागि आवश्यक पर्ने सामान प्रदान गरेकोमा महानगरलाई धन्यवाद दिए ।

पाटन अस्पतालले गरेको कामको महानगरले प्रसंशा गरेर चिकित्सक र चिकित्साकर्मीको मनोबल उच्च भएको बताए । कार्यक्रममा पाटन अस्पतालका डा.पारसकुमार आचार्य उपस्थित थिए ।