१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लमजुङमा नगदसहित सात जुवाडे पक्राउ


195
Shares

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरबाट १ लाख ७ हजार ७४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

बेसीशहर नगरपालिका ८ नारायणस्थानमा डेरामा बसेका ब्यक्तिहरु हार जितको लागि बाजी राखि जुवा र तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

लमजुङ प्रहरीका अनुसार उनीहरुको साथबाट ३ थान तास पनि बरामद भएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताउनुभयो ।