१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध


91
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाहरुको समस्या समाधान गर्न गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाको समस्यालाई सही ढंगबाट सम्बोधन गरी संविधानमा लिपिवद्ध भएका र मौलिक हकको रुपमा रहेका अधिकारलाई नैसर्गिक मानव अधिकारको हिसावबाट व्यवस्थित गर्ने र कार्यान्वयन गर्ने विषयमा मन्त्रालय प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगबाट पूर्जा वितरण गर्ने क्रममा सरकारले पहिलो प्राथमिकता भूमिहीन दलितलाई दिएको बताउनुभयो । मन्त्रालयले पूर्व संविधानसभा सदस्य एवं जेष्ठ नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।