
फाइल तस्विर
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज शनिबार बस्दै छ ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो तीन बजे बस्न लागेको हो ।
बैठकले महानगरपालिका र उपमहानगरपालिकका उम्मेद्वारको टुंगो लगाउने सचिवालयले जनाएको छ । बैठकले निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि गर्ने नेताहरुले बताएका छन् ।
एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो । ६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्