२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई मोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ


1.95k
Shares

जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाइ ३० फागुनमा कार्यकक्षमै मोसो दलेर जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

शनिबार विहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भेरी–१ पिपेका ३१ वर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५ का २६ वर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ का दिपेन्द्र सिंह पक्राउ रहेका छन् । उनीहरू युवासंघ र अखिल (क्रान्तिकारी)का नेताहरू हुन् ।

पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।