१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कीर्तिपुरमा ५०० क्षमताको क्वारेन्टाइन


0
Shares

कीर्तिपुर, चैत १८ । कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राखी विभिन्न वडामा करीब पाँच सय क्षमताको क्यारेन्टाइनस्थल निर्माण गरेको छ ।

नगरपालिकाका  १० वटा वडामा  क्यारेन्टाइन बनाइएको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सरस्वती रिमालले जानकारी दिए ।

उनका अनुसार नगरपालिका क्षेत्रमा रहेको त्रिविको विज्ञान कक्षमा ५० जना क्षमताको आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ ।

कोभिड –१९ बारेको सचेतनाका लागि टोलटोलमा साबुन पानी र स्यानिटाइजर तथा नगरभित्र रहेका स्वास्थ्यकर्मीका लागि ३० थान पिपिई  आफैले निर्माण गरेर वितरण गरिसकिएको जानकारी दिए ।

‘हामीले नगर क्षेत्रका बासिन्दालाई घरभित्रै बस्न आग्रह गर्दै जनचेतनामूलक सन्देश माइकिङ तथा पर्चामार्फत दिएका छौँ’, उनले भने, ‘हामीले बजार अनुगमनलाई  पनि तीव्र बनाएका छौँ ।

लकडाउनका अवधिमा कसैले कालोबजारी गरेको भेटिएमा कानूनबमोजिम कारवाही गर्ने समेत चेतावनी दिइएको बताउँदै उनले हाल नगरपालिकासँग करीब  तीन महिनालाई पुग्ने चामल, दाल तथा तेल पर्याप्त मात्रामा मौज्दात रहेको जिकिर गरे ।

बजारमा एभरेष्ट, नेपाल र बाबालगायत खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने उपभोक्ताबाट गुनासो आएको पनि  अन्य खाद्य पदार्थको तत्काल समस्या नरहेको स्पष्ट गरे । नगरपालिकाले विदेश तथा अन्य स्थानबाट आएकाहरुलाई होम क्यारेन्टाइनमै बस्न निर्देशन दिएको छ ।

लकडाउनका अवधिमा नगरपालिकामा रहेका सात स्वास्थ्यचौकी, तीन शहरी स्वास्थ्य केन्द्र तथा कीर्तिपुर अस्पताल र विष्णुदेवी अस्पताल खुुल्ला राख्न निर्देशन दिइएको पनि प्रवक्ता रिमालले जानकारी दिए । रासस