
फाइल तस्विर
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज आइतबार बस्दैछ । बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलहरुमा भने मनोनयनको दिनसम्म पनि किचलो समाधान हुन सकेको छैन । पाँच दलका शीर्ष नेताहरूले गरेको सहमति तल्ला तहमा कार्यान्वयन हुन नसक्दा गठबन्धनबाट उम्मेदवारी मनोनयनमा समस्या देखिएको हो । त्यही समस्या समाधानका लागि गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
शीर्ष नेताहरुको बैठक अघि गठबन्धनको चुनाव तयारी तथा अनुगमन समितिको बैठक पनि बस्नेछ । समितिको बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा पेश गरेर समस्या देखिएका स्थानमा के गर्ने भन्ने निर्णय लिइने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्