१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ


0
Shares

घोराही, चैत १८ । घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ ।

केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दैआएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका  २ का वडा सचिव नारायण आचार्यलाई मंगलबार जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो ।

स्टाफ नर्स सिर्जना खड्कालाई उनका घरबेटी आचार्यले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालेपपछि उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । रासस