
काभ्रे । काभ्रेमा सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट टुंगिएको छ ।
१३ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटा, माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ स्थानीय तह लिने गरी सहमति भएको बताइएको छ ।
नेपाली कांग्रेसको भागमा बनेपा, पनौती, पाँचखाल, नमोवुद्ध नगरपालिका, तेमाल, रोशी र बेथानचोक गाउँपालिका परेको छ ।
यस्तै माओवादी केन्द्रको भागमा चौरी देउराली, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका परेको छ ।
धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिका भने नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।
सत्तारुढ गठबन्धनले भागबण्डा मिलाए पनि उम्मेदवार भने टुंगो लगाउन सकेका छैनन । नेकपा एमालेले भने १३ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाइसकेको छ । एमाले, कांग्रेस, माओवादी र एकीकृत समाजवादीले सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्