
तनहुँ, चैत १८ । लकडाउन भएपछि तनहुँमा मिर्गौलाको डायलासिसका गर्नुपर्ने बिरामी मर्कामा परेका छन् ।
अत्यावश्यक बाहेक अन्य सवारी साधन नचल्दा दमौली अस्पताल परिसरमा रहेको डायलासिस युनिटमा डायलासिस गराउन आउने बिरामी मर्कामा परेका हुन् ।
एम्बुलेन्सको पहुँच भएकालाई समस्या नभएपनि अन्यले भने निकै समस्या झेल्दै आएका छन् । अन्य सवारी नचल्दा भनेको समयमा डायलासिस बिरामीले सवारी साधनसमेत नपाउदा ज्यानै जोखिममा पर्ने खतरा बढेको छ ।
गत बिहिबार लमजुङबाट डायलासिस गराउन आउन लागेका एक जना बिरामी सवारी साधन नपाएपछि घर फर्किएको र उनको सोही साँझ मृत्यु भएको शत्रुघ्न मन्जु डाइलिसिस युनिटले जनाएको छ ।
तनहुँसहित गोरखा, लमजुङलगायतका जिल्लाबाट डायलासिस गराउन बिरामी दमौली आउने गरेका छन् । शत्रुघ्न मन्जु डायलासिस यूनिटमा अहिले ६७ जना बिरामीले सेवा लिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्