
काठमाडौं । वैशाख १२ गते २०७२ सालमा आजकै दिन विनाशकारी महाभूकम्प गएको पनि सात वर्ष पूरा भएकाे छ ।
गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको आज (सोमबार) सात वर्ष पूरा भएको छ । भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि अभूतपूर्व क्षति पुर्याएको थियो । बितेका सात वर्षमा सरकारले अधिकांश ब्यक्तिगत घरहरुको पुनर्निर्माण गरेको छ भने धरहरा, वसन्तपुर दरवार, काष्ठमन्डप लगायतका सम्पदाको पनि पुुनर्निर्माण गरिएको छ ।
केही अझै पुनर्निर्माणको क्रममा छन । सरकारले १९ वटा जिल्लामा एकीकृत नमुना बस्ती निर्माण पनि गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) को सहयोगमा बनेको गोरखा जिल्लाको धार्चे गाउँपालिका गुप्सीपाखामा बनेको एकीकृत नमुना बस्तीका ५ सय ७३ घरमध्ये अहिले मुस्किलले ५० वटा घरमा मात्र मानिस बसेका छन् ।
बस्ती विकास कार्यक्रम थालिएका समेत गरी २२ जिल्लाका ७९ वटा बस्ती बाहिरबाट हेर्दा निकै आकर्षक बने पनि त्यहाँ मानिस आकर्षित हुन नसक्नुका कारण नै जिविकोपार्जन हो । तर, भूकम्पपछि बनेका एकीकृत बस्तीमा मानिसको जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत आवश्यकता नै पूरा गराउने विषय नभएपछि मानिसको अरुचि बढेको छ ।
अधिकांश एकीकृत नमुना बस्ती असफल योजना जस्तै बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्