
काठमाडौं । पोखरा महानगरपालिकामा एमालेका मेयर र उपमेयरले उम्मेदवारी दर्ता गरेका छन् ।
मेयरमा कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङले उम्मेदवारी दिएका हुन् । एमालेले अन्तिम समयमा थापालाई मेयरको उम्मेदवार बनाएको हो ।
यसअघि दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनी ‘सुन चोरी काण्ड’मा परेका व्यक्ति भन्दै विवाद भएपछि थापालाई उम्मेदार बनाएको हो ।
थापाले प्रदेश सभाबाट राजीनामा दिएर मनोनयन दिएका हुन्न । ‘आकांक्षी धेरै भएपछि मैले छोडेको थिएँ । अहिले पार्टीले आवश्यकता महसुस गर्यो र उम्मेदवार बनायो,’ उपमेयरकी उम्मेदवार गुरुङले भनिन्, ‘केही गर्न बाँकी छ । यो कार्यकालमा पूरा गर्छु ।’ गुरुङ यसअघि नउठ्ने बताएकी थिइन् ।
मेयर उम्मेदवार थापा २५ वर्षपछि पोखरामा फर्किन पाएकोमा खुशी व्यक्त गरे । ‘म हिजो टिकट नपाउँदा पनि विरोधमा थिइन । सोमबार अरु पनि हुनुहुन्न्,’ उहाँले भन्नुभयो, ‘फेरि टिकट पाएँ खुशी छु ।’
प्रतिक्रिया दिनुहोस्