१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा भामको मनोनयन दर्ता


117
Shares

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा युवा नेता विष्णुकुमार भामले मनोनयन दर्ता गराउनुभएको छ

भामले सोमबार मेयरमा मनोनयन दर्ता गराउनुभएको हो ।

कांग्रेसबाटै उपमेयरमा ऐश्वर्य शाही मल्लको पनि मनोनयान दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकाम गमगढी बजारमा बाजागाजासहित बजार परिक्रमा गर्दै उनीहरूले मनोनयान दर्ता गराएका हुन् ।

यस्तै, कांग्रेसकै बागी उम्मेदवारमा खुम्मेनी बिकले पनि उपमेयरमा मनोनयन दर्ता गराउनुभएको छ ।

ठूला दलमध्ये मनोनयन दर्ता गराउने नेपाली कांग्रेस पहिलो भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेकपा एमालेबाट मेयरमा डम्बरबहादुर रावल र उपमेयरमा टोमा लामा पनि उम्मेदवारी मनोनयनको तयारीमा छन् । एमालेका नेता कार्यकर्ता पनि बाजागाजासहित मनोनयान दर्ता स्थालमा पुगेका छन् ।

जिल्लाका अन्य स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलले सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने क्रम जारी रहेको छ ।

केन्द्रीय निर्वाचन कार्यालयको कार्यतालिका अनुसार ११ र १२ बैशाखमा दलहरूले मनोनयन दर्ता गर्ने मिति तोके पनि यहाँका सत्ता गठबन्धनका दलहरू र प्रतिपक्ष नेकपा एमालेले पहिलो दिन मनोनयन गराएका छन् ।