१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुर्य चिह्नमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरको आग्रह


2.691k
Shares

हेटाैंडा । राप्रपा नेपाल मकवानपुरले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा मतदान गर्ने भएको छ ।

राप्रपा नेपाल मकवानपुरका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय स्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमति अनुसार एमालेको सूर्य चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरिएको छ ।

उहाँले राप्रपाका कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूमा सूर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभएको हो ।