२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


559
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७७५ परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार कोरोनाको संक्रमणबाट १७ जना मुक्त भएका छन् भने हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् ।

वितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।