१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूकम्पको स्मरण : काठमाडौंका सम्पदा र घर अझै टेकाकै भर


143
Shares

काठमाडौं । आज वैशाख १२ गते ।

२०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पले थुप्रै जनधनको क्षति गरेको थियो । भूकम्पले जीर्ण बनाएका कतिपय सांस्कृतिक सम्पदा अझै पूर्ण निर्माण भएको छैन ।

काठमाडौं शहरका भित्री बस्तीका घर अहिले पनि टेकोको अस्तित्वमा टिकेका छन् । यसले सुरक्षामा प्रश्न उठेको त छ नै, पैदल यात्रीको आवतजावतलाई पनि प्रभावित तुल्याएको छ ।

यो काठमाडौंको वसन्तपुरमा रहेको ८० वर्ष पूरानो संस्कृत विश्वविद्यालय । गत २०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले जीर्ण बनाएपछि विगत ६ वर्ष देखि १४ वटा टेकोको भरमा राखिएको छ ।

विश्व सम्पदा क्षेत्र आन्तरिक तथा बाह्रय पर्यटकको विशेष आकर्षण क्षेत्रमै रहेको काठको कलात्मक उक्त भवन अझै कहिले निर्माण हुने हो यकिन हुन सकेको छैन ।

धेरै मानिसको चाप हुने यस क्षेत्रका सांस्कृतिक सम्पदा अवलोकन गर्न आउने देखि लिएर वषौंदेखि व्यापार व्यवसाय गदै आएका व्यक्तिहरूले समेत जोखिम मोल्नु परेको उनीहरूको गुनासो छ ।

देशका सांस्कृतिक धरोहरको रक्षामा राजनितिक नेतृत्व चुकेको पैदलयात्रीहरूको दृष्टिकोण छ । विज्ञहरू बनाइएका संरचनाहरू कमजोर हुँदा मानवीय एवं भौतिक क्षति हुँदो रहेछ भन्ने पाठ भूकम्पले सिकाएको बताउँछन् ।

यद्यपि धेरै आरोह अवरोहबीच पनि पुननिर्माणमा नेपालले संसार सामु नयाँ मोडलमा काम गरेको दाबी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा. सुशील ज्ञवालीको छ ।

डा. सुशील ज्ञवाली पूर्व प्रमुख कार्यकारी निर्देशक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सांस्कृतिक सम्पदा मात्र हैन, नागरिकका घरको हालत पनि उस्तै छ । नागरिकले ज्यान हत्केलामा राखेर जीवन निर्वाह गर्नुपरेको छ ।

स्थानीय निकायको चुनाव चहलपहल बढेर उम्मेदवार घरदैलोमा भोट माग्न गइरहेका बेला मतदाताले आफ्ना मुद्दालाई गहन रूपमा उठाउन आवश्यक छ ।