२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हेटौंडाको मेयर र उपमेयरमा जसपाको छुट्टै उम्मेदवार


208
Shares

काठमाडौं । हेटौंडा उपमानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै उम्मेदवारी दिएको छ ।

५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर उम्मेदवारी दिएको हो ।

जसपाका तर्फबाट हेटौंडाको मेयरमा दिपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेसँगै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

गठबन्धनको तर्फबाट भने मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बाँनियाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।