
काठमाडौं । स्थानीय तह निर्वाचत २०७९ का लागि डोल्पाका दुई गाउँपालिकाका दुई जना अध्यक्ष र एक जना उपाध्यक्षको एकल उम्मेदवारी परेको छ ।
जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट एकल उम्मेदवारी परेको छ ।
काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरुङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षका लागि पेमा वाङ्जु गुरूङ निर्विरोध भएका छन् ।
२०७४ मा काइके गाउँपालिकाका अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरुङ नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्