
काठमाडाै । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ।
आज (मंगलबार) बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मंगलबार दिउँसो भने देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश-१ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।
साथै गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्