
बाजुरा । जिल्लाको कर्णाली नदीमा खसेर एक बालक बेपत्ता भएका छन् ।
हिमाली गाउँपालिका–७ का विपिन अधिकारी कर्णाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो नदीमा माछा मारेर घर फर्किने क्रममा चिप्लिएर कर्णालीमा खसेको परिवारले बताएका छन् ।
अफ्ठ्यारो ठाउँ र साँघुरो बाटोका कारण अधिकारी कर्णाली नदीमा खसेको हुनसक्ने प्रहरीको भनाइ छ ।
प्रहरी र स्थानीय भएर बालकको खोजी गरे पनि अहिलेसम्म भेटिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्