१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


५२० जनप्रतिनिधिका लागि २१०० उम्मेदवार


117
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि दाङमा ५ सय २० पदमा जनप्रतिनिधि चुनिने छन् । जिल्लाका १० पालिका, एक सय वडा बाट ५ सय २० जना निर्वाचित हुने संरचना रहेको छ । सोमबार सकिएकमे मनोनयन दर्तामा चौगुणा बढीको उमेदवारी परेको छ ।

जनप्रतिनिधि बन्न दाङमा २ हजार १ सय जनाले उमेदवारी मनोनयन गराएका छन् । दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र एक सय वटा वडा अध्यक्ष र सदस्य पदका लागि जिल्लाका २ हजार १ सय ९१ जनाको उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

विवरण अनुसार दुई उपमहानगरसहित दश पालिकाका अध्यक्ष तथा प्रमुखका लागि ८३ जनाको उमेदवारी दिएका छन् । यस्तै, उपप्रमुख तथा उपाध्यक्षका लागि ५९ जनाको उमेदवारी मनोनयन गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, एक सय वडाका लागि ५ सय १९ जनाको वडा अध्यक्षमा उमेदवारी परेको छ । यसैगरी खुल्ला सदस्यमा ७१७, महिला सदस्यमा ३ सय ८१, महिला दलित सदस्यमा ३ सय ५२ जनाको उमेदवारी मनोनयन गरिएको छ ।

दाङमा प्रमुख, उप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्या, महिला दलित सदस्य, खुल्ला सदस्य गरी ५ सय २० पदका लागि चौ गुणाबढी उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभयो । घोराहीमा ४४०, तुलसीपुरमा ४९९, दंगिशरणमा १५६, बंगलाचुलीमा ११५ जनाको उमेदवारी परेको छ ।

यस्तै बबईमा १५७, राजपुरमा १८८, राप्तीमा २३३, लमहीमा १४७, शान्तिनगरमा १३६ र गढवामा १२० जनाको उमेदवारी परेको छ ।

देशभरका स्थानीय तहमा जनप्रतिनिधि बन्न चाहने आकांक्षीहरूले उम्मेद्वारी दर्ता गराएका छन् । ठूला दलको तर्फबाट चुनाबी मैदानमा रहेकाहरूले दलबल सहित निर्वाचन आयोग तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।