८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमालेका उम्मेदवारको इमान्दारीता र असलपनले नै मन जित्छ : घनश्याम भुसाल


3.367k
Shares

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेका उम्मेदवारहरुको इमान्दारीता र असलपनले नै नगरबासीको मन जित्ने बताउनुभएको छ ।

नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उमेदवारहरुको परिचय तथा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै भुसालले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारको विजयी यात्रा सुनिश्चित भएको दाबी गर्नुभयो ।

निर्वाचनमा इमान्दार र असल व्यक्तित्व भएका उमेदवारलाई मत दिनुपर्ने बताउँदै उहाँले यतिबेला स्थानीय तहको निर्वाचनको क्रमममा केही ठाउँहरुमा जस्तो सुकै प्रवृत्तिका मान्छे पनि उम्मेदवार भएको बताउनुभयो ।

ुमतदातालाई विभिन्न आश्वासन र सपना बाड्न सक्छन् त्यस तर्फ सबै सचेत हुदैं असल र इमान्दार व्यक्तित्व छनौट गर्नु पर्दछ ’ उहाँले भन्नुभयो ।

नेता भुसालले एमालेको तर्फबाट सिद्धार्थनगरमा मेयरका उम्मेदवार डा. रामप्रसाद बस्यालको प्रशंसा गर्दै भने, ‘राजनैतिक इमान्दारीता र परिपक्वताको दृष्टिले अत्यन्तै असल छबीका व्यक्ति मात्रै होइन आम सिद्धार्थनगरबासीको रोजाइको हिसाबले पनि सबैको साझा उम्मेदवार हो ।ु

रुपन्देही प्रचार विभाग प्रमुख हितराज पन्थिले एमालेको राष्ट्रियता, देशभक्ति र समग्र मुलुकको दीर्घकालिन विकासको योजना नै जितको मुख्य आधार भएको बताउनुभयो । पाँच वर्षमा एमाले नेतृत्वको स्थानीय तहमो देखिनेगरी भएको विकास आगमी निर्वाचनमा जितको अर्को आधार भएको उहाँले बताउनुभयो ।

चार दशकदेखि एमालेको राजनीतिमा सक्रिय मेयरका उम्मेदवार डा. बस्यालले सिद्धार्थनगरमा उदाहरणीय काम गर्दै जनताको सेवक हुनेगरी आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

यसैगरी उपमेयरको उम्मेदवार उमा अधिकारीले सामाजि रुपान्तरण र चेतनाको स्तरबृद्धि गर्नेगरी आफुहरुले काम गर्ने समेत बताउनुभयो ।

सिद्धार्थनगरमा एमालेको तर्फबाट उम्मेदवार रहेका डा. बस्याल, पेशाले चिकित्सक हुन् । पाल्पामा जन्मिएर भारतमा पढेर २०२८ सालमा उहाँ नेपाल आउनुभयो । उहाँले भैरहवालाई ४६ वर्षदेखि कार्यक्षेत्र बनाउनुभयो ।

यसैगरी नेकपा एमालेको तर्फबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा उमा अधिकारीले लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेकी एमाले जिल्ला कमिटी सदस्य हुनुन्छ ।

२०५७ सालमा नेकपा एमालेको भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएकी उमा २०६० सालमा अखिलको रुपन्देही जिल्ला कमिटी सदस्य र भैरहवा बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष हुनुभएको थियो । उमा सोही समयमा अखिलको अंचल कमिटी सदस्य हुँदै महिला विभाग प्रमुख समेत भएर काम गर्नुभयो ।

उहाँ नेकपा एमालेमा २ कार्यकाल क्षेत्रिय कमिटी सदस्य र २ कार्यकाल जिल्ला कमिटी सदस्य भइसक्नुभएको छ ।