
काठमाडौं । जिम्बाब्वे विरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास सुरु गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी श्रृंखलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै बुधबारदेखि प्रशिक्षण सुरु गरेको हो ।
नेपालले शनिबारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० श्रृंखला खेल्दैछ । श्रृंखलाका लागि क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको थियो ।
जसमा बसिर अहमदले पहिलो पटक स्थान बनाएका छन् भने सुनील धमलाले लामो समयपछि कमब्याक गरेका छन् । यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।
१० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ । एक दिवसीय श्रृंखला बैशाख १७ देखि २१ सम्म चल्नेछ भने ट्वान्टी–२० वैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्