६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


निर्वाचन आयोग भन्छ– ‘८८ प्रतिशत मतपत्र छापियो, एमालेको धेरै उम्मेदवारी’


273
Shares

काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८८ प्रतिशत मतपत्र छापिसकेको जनाएको छ ।

१ करोड ७० लाख मतपत्रमध्ये २२ जिल्लामा मतपत्र पठाइसकेको आयोगले जनाएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा मात्र ३४ लाख मतपत्र पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा धेरै पदमा उम्मेदवारी दिएको आयोगले जनाएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष तथा वडाध्यक्ष र वडा सदस्यमा समेत गरी एमालेको तर्फबाट ३३ हजार जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

त्यस्तै नेपाली कांग्रेसका ३१ हजार, माओवादी केन्द्रका २२ हजार, राप्रपाका १२ हजार, नेकपा एकीकृत समाजवादीका ११ हजार र स्वतन्त्र उम्मेदवार १२ हजार जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले बताएको छ ।

एमालेले ७५३ स्थनीय तह मध्ये ७३६ वटाको प्रमुख पदमा उम्मेदवारी दिँदा कांग्रेसले ७५३ मध्ये ६४६ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।