१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक स्थिर रहेको राष्ट्र बैंकको दाबी


91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुनरुत्थान तीव्र गतिमा हुन खोज्दा शोधानान्तर घाटा बढ्दै गएर विदेशी विनिमय सञ्चितीमा चाप परेको बताउनभुएको छ ।

उहाँले यो अवस्था अझै केही समय कायम रहने देखिएको पनि बताउनुभयो । राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

विदेशी विनिमय सञ्चितिमा परेको चापलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको पनि उहाँले दाबी गर्नुभयो ।

बाह्य क्षेत्रको अवस्था हेरी यसको स्थायित्वको लागि आगामी दिनमा थप उपाय अवलम्बन गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले कोभिड संक्रमणको थप लहरको सम्भावना रहे पनि आर्थिक गतिविधि पुनरुत्थानमा ठूलो अवरोध नहुने दाबी पनि गर्नुभएको छ ।