१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको अपिल


208
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व बागी उम्मेवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ ।

बिहिबार एक अपिल जारी गर्दै देउवाले पार्टी र गठबन्धनका उम्मेदवारबिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो । देउवाले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको अपिलमा उल्लेख गर्नुभएको छ ।

देउवाले अपिलमा भन्नुभएको छ– ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

प्रधानमन्त्री देउवाले बर्तमान पाँच दलीय गठबन्धन सरकार संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गर्ने गरी बनेको पनि बताउनुभएको छ । आज यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेहरुको नामाबली प्रकाशन हुँदैछ । त्यस अघि देउवाले पार्टी र गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो ।

अपिल :