१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप १५ जनामा कोरोना संक्रमण पुष्टि


104
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८७५ परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार कोरोनाको संक्रमणबाट १८ जना मुक्त भएका छन् भने हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।