१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक करोड ७७ लाख ७५ हजार मतपत्र छापियो


104
Shares

काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ ।

आयोगको पत्रकार सम्मेलनमा बिहीबार सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले १५ बैशाखसम्ममा ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।