
काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन मामलामा आफूहरू असफल भएको स्वीकार गरेका छन् ।
युक्रेन भ्रमणमा गएका महासचिव गुटेरेसले युद्ध रोक्न नसकेकामा असफल भएकाे स्वीकार गरेका छन् । राष्ट्रसंघको विफलता स्वीकार्ने क्रममा गुट्रेसले सुरक्षा परिषद्को आलोचना गर्दै युद्ध रोक्न र अन्त्य गर्न सुरक्षा परिषद् असफल रहेको बताउनुभयाे ।
विश्व शान्ति र सुरक्षाको लागि भनिएको सुरक्षा परिषद् युक्रेन संकटको मामलामा पूर्ण रूपमा असफल भएको उनको निष्कर्ष छ । गुट्रेस युक्रेनको राजधानी किभमा रहँदा नै त्यहाँ रकेट आक्रमण भएको थियो ।
युद्ध रोक्न नसकेकामा युक्रेन सरकारले पनि राष्ट्र संघको आलोचना गरिरहेको छ । राष्ट्र संघ सुरक्षा परिषद्को पाँच स्थायी सदस्य मध्येको एक रूसले यस मुद्दामा एक पटक भन्दा बढी भिटो शक्ति प्रयोग गरेको छ ।
युक्रेन भ्रमणपछि महासचिव गुटेरेसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हामी हार मान्दैनौं भन्नको लागि युक्रेन आएको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्