
सप्तरी । जिल्लाको कदमाहामा सञ्चालित मेरो माइक्रोफाइनान्स लघुवित्त बैंकका कर्मचारीहरूमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ ।
सुरुङ्ग नगरपालिका–३ लक्ष्मीपुरकी सरस्वती सिंहको घरमा गत ५ वैशाखमा बैंकका कर्मचारीहरूले आगो लगाइदिएको पीडितको आरोप छ।
समयमै ऋण तिर्न नसक्दा सरस्वतीकी ९२ वर्षीया हजुर सासुआमा लालोदेवी महतोलाई लघुवित्तकी महिला कर्मचारीले गालीगलौज गरेको पीडितले बताएका छन् ।
दुईवटा भैँसी खोलेर लान लाग्दा कर्मचारीले बिँडी सल्काई घरमा आगो लगाएको उनीहरूको आरोप छ ।
आगलागीबाट २४ लाख ३६ हजार बराबरको धनमाल नष्ट भएको सिंहले बताउनुभयो । उहाँले संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिन मागसहित प्रहरीमा उजुरी दिएकी छन् ।
लघुवित्त संस्थाका शाखा प्रवन्धक महादेवचौधले संस्थाका कर्मचारीले आगो नलगाएको, तर भैसी चाहिँ ल्याएको बताउनुभयो ।
३ असार ०७८ मा ५० हजार र ६ असोजमा दुई लाख गरी दुईपटक ऋण लिएकी सरस्वतीले दुई लाखको १२ हजार पाँच सयका दरले पाँच किस्ता र ६ हजारका दरले ५० हजारको नौ किस्तासमेत बुझाइसकेको प्रबन्धक चौधरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्