
Web Pic
काठमाडौं । काठमाडौंको कोटेश्वर भाटभटेनि नजिकै शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बालकुमारीबाट कोटेश्वर तर्फ आउँदै गरेको प्रदेश–३–०२–००५ प ५८७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काभ्रेपलाञ्चोकको उग्रतारा–७ बस्ने २२ वर्षिय सचिन श्रेष्ठको मृत्यु भएको हो ।
मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खस्दा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्