
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र जिम्बावेबीच एक दिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिजको खेलतालिका परिवर्तन गरेको छ ।
शनिबार हुने भनिएको एक दिवसीय खेल वर्षाका कारण स्थगित भएसँगै क्यानले एकदिवसीय र टी–ट्वान्टी सिरिजको खेलतालिका नै परिवर्तन गरेको हो ।
नयाँ तालिकाअनुसार आइतबार अर्थात् १८ गतेबाट लगातार तीन दिनसम्म टी–ट्वान्टी खेल हुनेछ । यस्तै, एक दिवसीय खेल भने २२, २३ र २५ गते हुने क्यानद्वारा जारी तालिकामा उल्लेख छ ।
क्यानले यसअघि बैशाख १७ देखि २१ सम्म एक दिवसीय र बैशाख २३ देखि २६ सम्म टी–ट्वान्टी सिरिज सञ्चालन गर्नेगरी तालिका प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्