
काठमाडौं । सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार सृजना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस निकट बुद्धिजीवी पेशाकर्मी परिचालक समिति, काठमाडौंले गरेको अन्तरक्रियामा सिंहले आफू मेयरमा विजयी भए काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनुभयो ।
डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्ने उहाँको प्रतिवद्धता छ ।
सिंहले आफूलाई नेपाली कांग्रसले सर्वसम्मत मेयरको उम्मेदवार बनाएको भन्दै उहाँले सुरुमा मेयरका लागि नेपाल महिला संघले प्रस्ताव गर्दा पति प्रकाशमान सिंहलाई थाहा नै नभएको दावी गर्नुभयो ।
आफू सिंह परिवारको बुहारी भएर मात्र नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएवापत पनि यो पदका लागि हकदार भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्