२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


धनुषामा १०९ जनाको उम्मेदवारी फिर्ता


117
Shares

काठमाडौं । धनुषामा प्रमुखका चार उम्मेदवारसहित १ सय ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्लामा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १ सय ९ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

धनुषामा एक उपमहानगर, ११ नगरपालिका र छ गाउँपालिका गरी कूल १८ स्थानीय तहमध्ये उपमहानगरका प्रमुख पदका दुई, नगरपालिकाका दुई प्रमुख र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १ सय ९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जनकपुरधाम उपमहानगरमा उम्मेदवारी दिएकामध्ये प्रमुखका दुईसहित १५ ले उम्मेदवारी फिर्ता लिएका छन् । मिथिला नगरमा प्रमुखका दुई उम्मेदवारसहित ११ ले उम्मेदवारी फिर्ता लिएका छन् ।

धनुषाधाम नगरमा एक उपप्रमुखको उम्मेदवारसहित वडाध्यक्षका दुई,सबैला नगरमा छ वडाध्यक्ष, क्षीरेश्वरनाथ नगरमा वडाध्यक्षका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सहिदनगर नगरमा वडाध्यक्षका एक यस्तै नगराइन नगरमा वडाध्यक्षका चार, तथा नगराइन, मिथिला विहारी र कमला नगरमा वडाध्यक्षका एक÷एक जना उम्मेदवार पछि हटेका छन् ।

बटेश्वर गाउँपालिकामा एक अध्यक्ष, एक वडाध्यक्ष, धनौजी गाउँपालिकामा अध्यक्षका एक तथा दुई वडाध्यक्ष, यस्तै मुखियापट्टी, मुसहरनियाँ गाउँपालिकामा तीन, औरही गाउँपालिकामा तीन वडाध्यक्षसहित सात, लक्ष्मीनियाँ गाउँपालिकामा आठ र जनकनन्दिनी गाउँपालिकामा वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् ।