
The moon moves in front of the sun in a rare "ring of fire" solar eclipse as seen from Tanjung Piai, Malaysia on December 26, 2019. (Photo by Sadiq ASYRAF / AFP) (Photo by SADIQ ASYRAF/AFP via Getty Images)
काठमाडौं । शनिबार मध्यराति वर्षको पहिलो सूर्यग्रहण लाग्दैछ ।
ग्रहण नेपाली समयअनुसार राति १२ बजेर ३१ मिनेटमा सुरु भई बिहान ४ बजेर २२ मिनेटमा समाप्त सकिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएकाे छ ।
राति लाग्ने भएकाले नेपालमा यो ग्रहण देखिँदैन । नासाका अनुसार यो ग्रहण चिली, अर्जेन्टिना, उरुग्वे, पश्चिमी पराग्वे, दक्षिण–पश्चिम बोलिविया, दक्षिण–पूर्वी पेरु र दक्षिण–पश्चिम ब्राजिलमा देखिनेछ ।
जब चन्द्रमा धर्ती र सूर्यको बीचमा आउँछ तब सूर्य ग्रहण हुन्छ । चन्द्रमाको छायाँ धर्तीमा पर्ने र सूर्यको एउटा हिस्सा वा पूरा सूर्य नै ढाकिने हुनाले यसलाई सुर्यग्रहण भनिएको हो ।
प्रतिक्रिया दिनुहोस्