
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख नियुक्ति गर्ने उदेश्यले मन्त्रिपरिषदकाे बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदकाे बैठक आज (आइतबार) बस्ने भएकोे हाे । प्रहरीका दुवै संगठनका प्रमुखहरूले आइतबारदेखि अनिवार्य अवकाश पाउँदैछन। नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी अनिवार्य अवकाशमा जाने भएका हुन् ।
सशस्त्र प्रहरीमा राजु अर्याल महानिरीक्षक बन्ने लगभग पक्का जस्तै छ । सरकारले अर्यालले यस अघि नै अतिरिक्त महानिरीक्षकमा बढुवा गरिसकेको छ । तर नेपाल प्रहरीमा भने कसले नयाँ महानिरीक्षकको जिम्मेवारी पाउँछन् भन्ने अन्योल कायमै छ । महानिरीक्षक बन्न चार जना एआईजीहरू प्रतिस्पर्धामा छन ।
प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रविन्द्र धानुक प्रतिस्पर्धामा रहेका छन् । बरियतामा पोखरेल एक नम्बरमा रहेका छन भने दोस्रो नम्बरमा सिंह रहेका छन् ।
यिनै दुई मध्ये एक जना नयाँ महानिरीक्षक बन्ने सम्भावना रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्