७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


तालमेलको मर्मअनुरुप निर्वाचनमा होमिन कार्यकर्तालाई गठबन्धनको निर्देशन


169
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा केन्द्रको तालमेलको निर्णयअनुसार गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गरी सक्रियतापूर्वक जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताहरुलाई कारबाही गर्ने भएका छन् ।

गठबन्धनको आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनमा सबै नेता र कार्यकर्ताहरूलाई तल्लो तहसम्मै एकता गरेर अगाडि बढ्न भनेको हो ।

पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय अनुसार बागी उम्मेदवारी फिर्ता नलिने र लिन सम्भव नभएको ठाउँमा पनि कार्यकर्ताहरूलाई समझदारीअनुसार अगाडि बढ्न निर्देशन दिइएको छ ।

गठबन्धनको निर्णय विपरीत चितवन महानगरपालिका लगायतका कतिपय स्थानमा बागी उम्मेदवारी परेका छन् । कतिपय स्थानमा भने बागी उम्मेदवारी फिर्ता लिन ढिलाइ हुँदा गठबन्धनबाट दोहोरो उम्मेदवारी परेको छ ।