१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयरसहित पाँच सय जनाको राजीनामा


52
Shares

बर्दिया । नेकपा माओवादी केन्द्रका नेता एवं बर्दियाको राजापुर नगरपालिका मेयर शिवप्रसाद थारुले पार्टी छोड्ने घोषणा गर्नुभएको छ ।

लुम्बिनी प्रदेश कमिटीको निर्णयमा असहमति जनाउँदै उहाँले पार्टी छाड्ने घोषणा गर्नुभएको हो ।

मेयर थारुसहित लुम्बिनी प्रदेश कमिटी सदस्यसुरेश बहादुर भुल, शान्ति चौधरी, रामबहादुर चौधरीसहित ५ सयजना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले राजापुर नगरपालिका–५ को वडाध्यक्षमा विवाद भएको बताएका छन् । उक्त वडामा जिल्ला समन्वय समितिले रामबहादुर थारुलाई टिकट दिए पनि प्रदेश कमिटीले हस्तक्षेप गरेको उनीहरुको आरोप छ । प्रदेश कमिटीले पत्र लेख्दै माओवादीको आधिकारिक उम्मेदवार रमेश चौधरी भएको बताएको छ ।