१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरी प्रमुख नियुक्तमै सरकार आलोचित


715
Shares

काठमाडौं । तीन दशकअघि गृहमन्त्री हुँदा प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप गरी त्यहाँभित्रको चेन अफ कमाण्ड भंग गराएको आक्षेप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले २९ औं प्रहरी प्रमुख छान्दा पनि विवादमुक्त हुन सकेन । २९ औं प्रहरी प्रमुखमा धिरजप्रताप सिंहको नियुक्तिसँगै वरियता मिचिएको आरोप सरकारमाथि लागेको छ । चुनावको मुखमा प्रहरी प्रमुख छनोट विवादमा पर्नु उचित होइन ।

वरियतामा पछाडि रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउँदा चरम विवाद भएको थियो । सरकारको निर्णयविरुद्ध तात्कालिन डीआईजी नवराज सिलवाल अदालत पुगेपछि तेश्रो बरियतामा रहेका प्रकश अर्यालको भाग्य खुलेको थियो । पाँचौ पटक प्रधानमन्त्री हुँदा देउवाले २९ औं आईजीपीको छनोटमा उही गल्ती दोहो¥याउनु भएको छ । वरियतामा पहिलो, दोस्रो रहेको दावी गरिएका विश्वराज पोखरेल र सहकुल थापा न्यायका लागि अदालतमा जाने सुरसारमा देखिनु भएको छ ।

त्यसो त नवनियुक्त सिंह निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीका व्याची हुन । एकथरि सुरक्षा विश्लेषककाअनुसार प्रहरीमा सिनियर जुनियर नहुने तर प्रहरीका अधिकारीले नै नेताहरुलाई प्रभावमा पारी आफ्नो दुनो सोझ्याउने परम्परा रहिआएको छ । यही बढुवा भएको तिथिलाई उनीहरुले वरियता दावी गर्ने गरेका हुन् । पोखरेल, सिंह र थापा २०४९ साल चैत ११ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।

प्रहरी प्रमुख नियुक्त सिंहभन्दा पोखरेल १६ महिना र थापा ११ महिनाअघि एआईजी बनेका थिए ।